काठमाडौं — काठमाडौंको कुलेश्वर क्षेत्रमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। घटनामा एक भारतीय नागरिक घाइते भएका छन् भने एक नेपालीसहित दुई जनालाई पक्राउ गरिएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोको इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले कुलेश्वर पुल नजिकै अपरेशन सञ्चालन गर्दा दुई राउण्ड गोली चलाएको ब्यूरोका एसएसपी सुवासचन्द्र बोहोराले जानकारी दिए।
प्रहरीको गोली लागेर भारतीय नागरिकको देब्रे खुट्टामा चोट लागेको छ। पक्राउ परेकाहरूबाट ठूलो मात्रामा औषधिजन्य लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





