काठमाडौं — प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले बाल सुधारगृह सुधारका लागि सरकारलाई चारबुँदे निर्देशन दिएको छ।

आइतबार बसेको समितिको बैठकले बाल सुधारगृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै सुधारगृहको भौतिक पूर्वाधार विस्तार, क्षमता अभिवृद्धि तथा तत्काल वैकल्पिक व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको हो।

ADVERTISEMENT

समितिले सुधारगृहको क्षमता अनुसार बालबालिकालाई मानवोचित वातावरणमा राख्ने व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय गरी शीघ्र कार्यान्वयन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

ADVERTISEMENT

यस्तै, बाल सुधारगृहमा रहेका बालबालिकालाई उपलब्ध गराइँदै आएको दैनिक सिदा तथा पोषण खर्च अपर्याप्त रहेको निष्कर्ष निकाल्दै उमेर र शारीरिक आवश्यकताअनुसार पर्याप्त पोषण तथा खाद्यान्न व्यवस्था सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र गृह मन्त्रालयलाई आवश्यक निर्णय गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ।

 यस्तो छ निर्णय

ADVERTISEMENT