काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग असन्तुष्ट बनेको चर्चासँगै रास्वपामा तरंग सिर्जना भएको छ । यस्तो हल्लाका बीच शनिबार राति रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री वाग्ले काभ्रेस्थित दुषित थानी रिसोर्टमा बास बस्न पुगेपछि यसले सर्वत्र चासो बढेको छ । यद्यपि दूषित थानी रिसाेर्टमा रवि र स्वर्णिमबीच भएकाे छलफलबारे बाहिर केही सार्वजनिक भएकाे छैन ।

प्रधानमन्त्री बालेन अर्थमन्त्रीसँथै थप चार मन्त्रीसमेत फेरबदल गर्ने मनस्थितिमा रहेको चर्चापछि रवि र स्वर्णिमबीच सघन छलफल भएको हो । चर्चाअनुसार अर्थमन्त्री वाग्लेसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीलाई बिदा गरेर नयाँ अनुहार ल्याउने तयारी भइरहेको छ। यद्यपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सत्तारुढ रास्वपाले मन्त्रिपरिषद् पुनर्गठनबारे औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।

ADVERTISEMENT

गत आइतबार प्रधानमन्त्री बालेनले रास्वपा सभापति लामिछानेको बुढानिलकण्ठस्थित निवासमा करिब चार घण्टा छलफल गर्दै अर्थमन्त्री वाग्लेको विकल्प खोज्न प्रस्ताव गरेका थिए । तर, रविले अर्थमन्त्रीलाई तत्काल हटाउने प्रधानमन्त्रीको प्रस्तावमा सहमत भएनन् । बालेन भने स्वर्णिमलाई हटाएर रास्वपा सांसद विदुषी राणालाई अर्थमन्त्री बनाउन चाहन्छन् भनेर मिडिया ट्रायल गरिएको छ ।

ADVERTISEMENT

प्रधानमन्त्रीको कोर टिमका विश्वासपात्र मानिने रास्वपा केन्द्रीय सदस्य डिल्लीश्वर कार्कीले सामाजिक सञ्जालमार्फत धेरै पढ्दैमा वा पीएचडी गर्दैमा सफल नेता नबनिने र नेतृत्वको मूल्यांकन शैक्षिक उपाधिभन्दा दूरदृष्टि, जनभावना तथा परिस्थितिअनुकूल निर्णय क्षमताबाट हुनुपर्ने आशय व्यक्त गरेपछि स्वर्णिमबारे बालेन सन्तुष्ट नरहेको चर्चा चुलिएको हो ।

पुँजीबजार निरन्तर दबाबमा रहँदा अर्थमन्त्रीको भूमिका र उनको सचिवालयको कार्यशैलीप्रति लगानीकर्ताको असन्तुष्टि पनि बढेको छ। बजार सुधारका ठोस कदम चाल्नुपर्ने समयमा अर्थमन्त्रीको सचिवालय नै लगानीकर्तासँग आरोप–प्रत्यारोपमा उत्रिएको भन्दै आलोचना हुँदै आएको छ। करका दर हेरफेरमा अर्थमन्त्रीको निजी सचिवालयका सदस्यले चलखेल गरेको सूचना बालेनले पाएको स्रोतले बतायो ।

ADVERTISEMENT