काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएका छन्।

विश्वविद्यालय सभाको बैठकले सिफारिस समितिको योग्यताक्रमका आधारमा प्रा. डा. जोशीलाई उपकुलपति र डा. चन्दलाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

शपथग्रहण कार्यक्रममा मन्त्री पोखरेलले नियुक्ति प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको उल्लेख गर्दै नवनियुक्त नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठन र प्रशासनिक कार्य सुरु हुने विश्वास व्यक्त गरे।

ADVERTISEMENT

नवनियुक्त उपकुलपति प्रा. डा. जोशी चिकित्सा शिक्षा र जनस्वास्थ्यका विज्ञ हुन् भने रजिष्ट्रार डा. चन्द स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रशासन क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका अधिकारी हुन्।