काठमाडौं । दाङमा शिक्षा शाखाका अधिकृतमाथि मोबिल छर्किएको आरोपमा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य उत्तम बुढाथोकी पक्राउ परेका छन्।

प्रहरीका अनुसार ४२ वर्षीय बुढाथोकीले शनिबार घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत अजय बोहोरालाई मोटरसाइकलमा सवार रहेका बेला रोकेर शरीरमा मोबिल छर्किएका थिए। घटनापछि उनी फरार भएका थिए।

ADVERTISEMENT

प्रारम्भिक अनुसन्धानअनुसार पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले बुढाथोकीले उक्त घटना गराएको आरोप लागेको छ।

बुढाथोकीविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा असार २८ गते मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सोमबार घोराही उपमहानगरपालिका–१५ बाट लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।