काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाको स्वास्थ्य अवस्था स्थिर रहेको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ।

अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै निरौलाको मस्तिष्कमा रहेको ट्युमर पूर्णरूपमा सफलतापूर्वक निकालिएको र शल्यक्रियापछि कुनै जटिलता नदेखिएको जानकारी दिएको हो।

ADVERTISEMENT

अस्पतालका अनुसार उनलाई केही दिन विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखी आवश्यक उपचार प्रदान गरिनेछ। ट्युमरको प्रकृति र आवश्यक थप उपचारबारे परिवारलाई जानकारी गराइने पनि अस्पतालले जनाएको छ।

अस्पतालले स्वदेशमै उपचारप्रति विश्वास व्यक्त गरेकोमा दीपाश्री निरौला र उनका परिवारप्रति आभार पनि व्यक्त गरेको छ।

ADVERTISEMENT

गत असार २३ गते न्यूरोसर्जन वसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले दीपाश्रीको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको थियो।