काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन् ।

मंगलबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार बाढी र पहिरोका कारण केही सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् । केही भने एकतर्फी मात्र सञ्चालनमा छन् ।

काभ्रेको खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी सडक पूर्ण रुपमा बन्द भएको छ । गत वैशाख २२ गतेदेखि नै सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्गको उक्त खण्ड बन्द गरिएको हो । सुरक्षाका कारण सो क्षेत्रमा सवारी साधन चलाउन अनुमति दिइएको छैन ।

ADVERTISEMENT

कोशी प्रदेशका दुई मुख्य राजमार्गहरूमा पनि अवरोध कायमै छ । भोजपुर नगरपालिका-५ बोखिममा वैशाख १२ गते आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो। हाल उक्त स्थानमा वैकल्पिक बाटोको समेत व्यवस्था गरी सडक एकतर्फी रूपमा सुचारु गरिएको छ ।

ADVERTISEMENT

संखुवासभाको मकालु गाउँपालिका३ नयाँ बस्तीमा वैशाख २३ गते खसेको पहिरोका कारण राजमार्ग प्रभावित भएको छ। अहिले सो स्थानमा पहिरो पन्छाएर बाटो एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।

ADVERTISEMENT