काठमाण्डौ – जनपक्षीय ट्रेड युनियन महासंघले सरकारविरुद्ध काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेको छ ।

महासंघले शनिबार गणेश नेपालीलाई आत्मदाह गर्नुपर्ने अवस्था राज्यले सिर्जना गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको हो ।

ADVERTISEMENT

प्रदर्शनमा सहभागीहरूले “युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्‍यायो ?” भन्ने नारासहित विभिन्न प्लेकार्ड बोकेका थिए । उनीहरूले युवालाई आत्मदाहको अवस्थामा पुर्‍याउने होइन, रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीहरूले वर्तमान सरकार र राजनीतिक नेतृत्वको आलोचना गर्दै विभिन्न नारासहित विरोध जनाएका थिए । उनीहरूले गणेश नेपालीको घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

ADVERTISEMENT