काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे मौनता तोड्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेकी छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रहितअनुकूल हो वा होइन भन्ने विषयमा सत्तापक्षका सांसदहरूले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताइन्। राष्ट्रहितअनुकूल ठान्ने हो भने त्यसको पक्षमा उभिन र असहमत भए प्रधानमन्त्रीलाई अभिव्यक्ति सच्याउन आग्रह गर्न उनले रास्वपालाई चुनौती दिइन्।

ADVERTISEMENT

उनले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिपछि विपक्षी दलहरूले तथ्य प्रस्तुत गर्न वा माफी माग्न माग गरिरहेको उल्लेख गर्दै सत्तारूढ रास्वपाका सांसदहरूको मौनतामाथि प्रश्न उठाइन्।

खुस्बु ओलीले राष्ट्रको विषयमा मौन रहनु पनि एउटा राजनीतिक अभिव्यक्ति हुने भन्दै सत्तापक्षको भूमिकालाई इतिहासले मूल्याङ्कन गर्ने बताइन्। नेता वा दलप्रतिको निष्ठाभन्दा राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हित माथि हुनुपर्ने उनको भनाइ थियो।

ADVERTISEMENT