काठमाडौं । अमेरिकामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले पेनाल्टीमा गोल गर्न नसक्दा टोली बराबरी गर्ने अवसरबाट वञ्चित भएको छ।

खेलको १५औँ मिनेटमा यासेर इब्राहिमले हेडमार्फत गोल गर्दै इजिप्टलाई १–० को अप्रत्याशित अग्रता दिलाएका थिए।

त्यसको पाँच मिनेटपछि निकोलस ताग्लियाफिकोमाथि इजिप्टका हाइसम हसनले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। तर मेसीको प्रहारलाई इजिप्टका गोलरक्षक मोस्टाफा शोबेइरले बायाँतर्फ उत्कृष्ट डाइभ गर्दै बचाए।

ADVERTISEMENT

यससँगै जारी विश्वकपमा मेसीले पेनाल्टी गुमाएको यो दोस्रो अवसर बनेको छ। इजिप्टका गोलरक्षक शोबेइरको उत्कृष्ट प्रदर्शनका कारण अर्जेन्टिना सुरुआती चरणमै दबाबमा परेको छ।

ADVERTISEMENT