काठमाडौं । एनआइसी एसिया बैंकले भक्तपुरको बाल विनायक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित बाल विनायक आधारभूत विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यले ल्यापटप र डेस्कटप कप्युटर प्रदान गरेको छ ।

हाल १७० भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयमा असार २२ गते एक विशेष कार्यक्रमका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रञ्जन खड्का र बैंकका काठमाडौं पूर्वका सर्कल हेड गणेश पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायक नगरपालिका २ का अध्यक्ष जनार्दन खड्का र प्रधानाध्यापक सविना राजभण्डारीलाई संयुक्तरुपमा एक थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेका छन् ।

ADVERTISEMENT

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति थियो । बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न तथा सूचना प्रविधी क्षेत्रमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

ADVERTISEMENT