काठमाडौं । एनआईसी एसिया बैंकले हकप्रद सेयर निष्कासन गर्न पूर्वसहमतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष अनुरोध गरेको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय गरेको हो। बैंकले सात करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको छ ।
बैंकको तत्काल कायम रहेको साधारण सेयरको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रूपैयाँको २ः१ को अनुपातमा सात अर्ब ४५ करोड ८६ लाख ८३ हजार ५०० रूपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।




