काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंमा नाइमा मोबिलिटी एक्स्पो २०२६ हुने भएको छ ।
एक्स्पोमा ५३ ब्रान्डको सहभागितासहित ४० भन्दा बढी नयाँ सवारीसाधन एवं उत्पादन सार्वजनिक गरिने तयारी छ । यस वर्ष एक्स्पो अझ ठूलो र व्यवस्थित हुने आयोजकले जनाएको छ ।
आगन्तुकका निम्ति सहज आवतजावत, पार्किङ, ५० प्रतिशतसम्म टिकट छुट, फुड कोर्ट तथा लर्निङ सेसनको व्यवस्था गरिने जनाइएको छ । सोमबार पत्रकार सम्मेलन गरी नाइमाले एक्स्पोबारे विस्तृतमा जानकारी गराएको हो । नाइमाले हरेक वर्ष एक्स्पो आयोजना गर्दै आएको छ ।
थप तस्बिर हेर्नोस्–







