काठमाडौं, भदौ ९ गते । महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ मा सहभागिता जनाएको छ। भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोमा बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा वित्तीय सेवाबारे जानकारी दिने जनाएको छ।

बैंकका अनुसार अटो शोको अवसरमा ग्राहकले आकर्षक ब्याजदरमा सवारी कर्जा लिन सक्नेछन्। साथै, कर्जा प्रक्रियामा लाग्ने प्रशासनिक शुल्कमा समेत विशेष छुट उपलब्ध गराइने बैंकले जनाएको छ।

ADVERTISEMENT

भदौ महिनाका लागि बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ। यही आधारदरका कारण सवारी कर्जा लिने ग्राहकले प्रतिस्पर्धी ब्याजदरमा वित्तीय सुविधा प्राप्त गर्न सक्ने बैंकको दाबी छ।

ADVERTISEMENT

विद्युतीय तथा अन्य निजी र व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले अटो शोमा स्टल राखेको हो। सवारी कर्जासम्बन्धी जानकारी तथा प्रक्रियाका लागि ग्राहकले अटो शोको हल नम्बर ४, स्टल नम्बर एल मा सम्पर्क गर्न सक्नेछन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको अटो शोमा महालक्ष्मी विकास बैंकले यस वर्ष पनि सहभागिता जनाएको हो। बैंकले अटो शोमार्फत सवारीसाधन खरिदका लागि आवश्यक वित्तीय स्रोतबारे प्रत्यक्ष परामर्श तथा सहजीकरण गर्ने जनाएको छ।

ADVERTISEMENT

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार डिजिटल सेवासहित ग्राहक अनुभवलाई थप सहज बनाउने उद्देश्यले नयाँ सेवा विस्तार गरिएको हो।