काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल विराटनगरस्थित कोइराला निवास पुगेका छन् । प्रचण्ड र माधव शुक्रबार कांग्रेस नेता डा. शेखर कोइरालासँग भेट्न कोइराला निवास पुगेका हुन् ।
पार्टी कार्यक्रमका लागि कोशी प्रदेश पुगेका प्रचण्ड र माधवलाई नेता शेखरले स्वागत गरेका थिए । भेटमा उनीहरूबिच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।
पछिल्लो केही समयदेखि पुराना दलका नेताहरूबीच भेटवार्ता र छलफल पातलिएका बेला प्रचण्ड, माधव र शेखरबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ ।






