काठमाडौँ । विश्वकप फुटबलअन्तर्गत शुक्रबार बिहान भएको जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ ।

यससँगै दुवै टोलीे नकआउट चरणमा प्रवेश गरेका छन् । खेलको ५६औँ मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए ।

ADVERTISEMENT

प्रतिस्पर्धां प्रारम्भ भएको ६२ औँ मिनेटमा स्वीडेनका एन्थोनी एलान्गाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् । जापान ५ र स्वीडेन ४ अंकसहित नकआउट चरणमा प्रवेश गरेका हुन् ।

ADVERTISEMENT

जापानले अब ब्राजिलसँग नकआउट चरणको खेल खेल्नेछ । नेदरल्यान्डले समूह सीको उपविजेता मोरक्कोसँग खेल्नेछ । स्विडेनले भने नकआउटमा स्वीजरल्याण्डको सामना गर्नसक्ने सम्भावना रहेको छ ।