काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र जारी छ। मंगलबार दिउँसो भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र सुरु भएको हो। सोमबार नै बन्दसत्र सुरु गर्ने कार्यसूची भए पनि प्रतिनिधि विवादले ढिलाइ भएको हो।

बन्दसत्रमा वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह बालेन भने देखिएका छैनन्। रास्वपाको महाधिवेशनमा सहभागी हुन भनेर बालेन आइतबार भरतपुर पुगेका थिए । उनले सभापति रवि लामिछानेसँगै संयुक्त रूपमा महाधिवेशनको उदघाटन गरेका थिए । बालेन तीन बस्ने गरी चितवन गएका हुन् । बालेन र रवि दुवै चितवनको लटौली सेन्चुरियन रिसोर्टमा बसिरहेका छन् ।

वर्तमान सरकार रास्वपाको एकलौटी भएकाले अहिले सो पार्टीबाट मन्त्री भएका कोही पनि काठमाडौंमा छैनन् । १७ सदस्यीय क्याबिनेटमा विज्ञान तथा नवपर्वतनमन्त्री महावीर पुन मात्र सिंहदरबारमा छन् ।

ADVERTISEMENT

महाधिवेशनमा प्रतिनिधि चयनको विवादकै कारण बालेनले सहभागिता नजनाएको स्रोतले बताएको छ । रास्वपा महाधिवेशनमा मंगलबार दिउँसोसम्म मधेश प्रदेशका प्रतिनिधिको टुंगो लागेको थिएन ।

ADVERTISEMENT

रास्वपा सभापतिमा लामिछाने, वरिष्ठ नेतामा बालेन र उपसभापतिमा स्वर्णिम वाग्लेको नाम टुंगो लागेको रास्वपा नेताहरूले बताएका छन्। अन्य पदमा भने निर्वाचन हुने भएको छ । आजै साँझदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगको तयारी छ ।

ADVERTISEMENT