काठमाडौँ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ ।
६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा. रविप्रकाश शर्माले जानकारी दिए ।
‘सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ’, उनले भने, ‘बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ ।’
सिभिल अस्पतालमा दैनिक ६ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । संघीय वा प्रादेशिक सरकारी अस्पतालमा सिटी स्क्यान, एमआरआईलगायतका उपकरण बेलाबेलामा बिग्रिने र समयमा मर्मत नहुँदा विपन्न नागरिकले समस्या भोग्ने गरेका छन् ।






