काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पताल अगाडि टिपरको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्यु भएको छ।

काठमाडौं प्रहरी परिसर का प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका ४८ वर्षीय बद्रि कोइराला हुन्। उनी नायब सुब्बा पदमा कार्यरत कर्मचारी रहेका थिए।

ADVERTISEMENT

आज बिहान करिब ८:४५ बजे प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार कोइरालालाई बा. २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपरले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएकोमा बिहान ८:५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि टिपर चालक गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षीय विकाश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT