काठमाडौं — कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी बस्तीका नागरिकहरू खानाको उचित व्यवस्था नभएको भन्दै आन्दोलित भएका छन्। लामो समयदेखि खाद्यान्न अभाव झेल्दै आएका उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आन्दोलन थालेका हुन्।

 बासिन्दाका अनुसार होल्डिङ सेन्टरमा बसिरहेका परिवारहरू दैनिक खानाको समस्याले पीडित छन्। पर्याप्त खाद्यान्न उपलब्ध नभएपछि धेरै परिवारहरू आधारभूत आवश्यकतासमेत पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन्।

खानाको अभावका कारण विद्यालय जाने उमेरका बालबालिकाहरू पनि प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। अभिभावकहरूले बालबालिकालाई विद्यालय पठाउन कठिन भइरहेको गुनासो गरेका छन्। केही बालबालिका नियमित रूपमा विद्यालय जानबाट वञ्चित भएको उनीहरुले बताएका छन्।

ADVERTISEMENT

 आफूहरूको खाद्यान्न, स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले तत्काल राहत तथा दीर्घकालीन व्यवस्थापनको पहल गर्न सरकारलाई आग्रह गरेका छन्।

ADVERTISEMENT

ADVERTISEMENT