काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार विपक्षी दलहरूको बैठक बोलाएको छ । दिउँसो १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकमा सर्वदलीय बैठक बस्ने कांग्रेस सचेतक निश्कल राईले जानकारी दिए ।

सोमबारदेखि प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रारम्भ हुँदैछ । प्रतिनिधिसभाको बैठकअघि विपक्षी दलहरूले संयुक्त बैठक बोलाएका हुन्।

ADVERTISEMENT

प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा साझा धारणा तय गर्न विपक्षी दलहरूको बैठक बस्न लागेको राईले जानकारी दिए।

ADVERTISEMENT

आइतबारको बैठकमा विपक्षी दलहरूको विरोधका बाबजुध सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली पारित गरेपछि विपक्षी दलहरू रुष्ट छन्। दिउँसो १ बजे बस्ने बैठकमा सरकारले संसद्‍मा प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुने कार्यसूची छ।