काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी खापुङलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो । खापुङ ३२औं महानिरीक्षक नियुक्त भएका हुन् ।
जेष्ठता र वरिष्ठताका आधारमा खापुङलाई प्रहरी प्रमुखमा नियुक्त गरिएको हो । यसका लागि उनी एकल दाबेदार पनि थिए ।

ADVERTISEMENT

२०५२ कात्तिक २७ गते इन्स्पेक्टरमा भर्ना भएका खापुङ यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (ञसीआईबी) का प्रमुखमा कार्यरत थिए ।
२०८२ वैशाख १६ गते एआईजी नियुक्त भएका खापुङ हालसम्मका विवादरहित उच्च प्रहरी अधिकृतका रुपमा चिनिन्छन्।

खापुङले करिब साढे दुई महिना प्रहरीको नेतृत्व सम्हाल्नेछन्। त्यसपछि एआईजी दानबहादुर कार्की र राजन अधिकारीमध्ये एकजना आईजीपी बन्ने छन्।

ADVERTISEMENT