काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक एवं विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

पर्सा जिल्ला अदालतले मंगलबार प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

ADVERTISEMENT

सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने र राज्यविरुद्ध उक्साउने गतिविधि गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीले सोमबार प्रसाईंलाई वीरगञ्जबाट पक्राउ गरेको थियो । उनीमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले बताए ।

ADVERTISEMENT

प्रसाई एक कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका थिए । प्रहरीले उनलाई राति नै पक्राउ गरेको हो ।