पर्सा। राजस्व चुहावट मुद्दामा अदालतबाट कैद तथा ठूलो जरिवाना तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्सा का अनुसार वीरगञ्ज महानगरपालिका–३१ निवासी प्रविन्द साह गोढलाई बुधबार दिउँसो पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पर्सा जिल्ला अदालत ले गोढविरुद्ध राजस्व चुहावट मुद्दामा ६ महिना कैद र ३ करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।फैसला पछि फरार रहेका उनी विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।

प्रहरीले आर्थिक अपराध तथा राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखेर कारबाही अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

ADVERTISEMENT