काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृंखलामा स्कटल्यान्डले नेपाललाई २४४ रनको विजयी लक्ष्य दिएको छ । मंगलबार कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा आठ विकेट गुमाएर २४३ रन मात्र बनायो ।

स्कटल्यान्डलाई २५० रनभन्दा तल समेट्न सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले चार विकेट लिए । करण केसी र नन्दन यादवले दुई दुई विकेट लिए ।

ADVERTISEMENT

मुन्से र फिनले म्याकक्र्रेथबीच पहिलो विकेटका लागि ११४ रनको बलियो साझेदारी भएको थियो। २० ओभरसम्म स्कटल्याण्ड कुनै पनि विकेट नगुमाई बलियो स्थितिमा थियो।

ADVERTISEMENT

खेलको २१औँ ओभरमा सन्दीप लामिछानेले जर्ज मुन्सेलाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए। त्यसपछि सन्दीपले लगातार विकेट लिँदै स्कटल्याण्डको मध्यक्रम ध्वस्त पारे।
उनले फिनले म्याकक्र्रेथ, ब्रेन्डन म्याकुलम र कप्तान रिची बेरिंग्टनलाई सस्तैमा पभिलियन फर्काए। ११४ रनमा शून्य विकेटको अवस्थाबाट स्कटल्याण्ड १२८ रन बनाउँदा चार विकेटको स्थितिमा पुगेको थियो।

नेपालले अब जितका लागि २४४ रनको लक्ष्य पछ्याउनेछ। कीर्तिपुरको पिचमा २४४ रनको लक्ष्य पछ्याउन नेपालका लागि ओपनिङ जोडी आसिफ शेख र विनोद भण्डारीको प्रदर्शन महत्त्वपूर्ण हुनेछ। घरेलु समर्थकको साथ रहेको नेपाल आजको खेल जितेर अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने दाउमा छ।

ADVERTISEMENT

मंगलबारदेखि सुरू भएको शृंखलामा नेपाल, स्कटल्यान्ड र अमेरिका सहभागी छन् । नेपालले दोस्रो खेलमा जेठ २ गते अमेरिकासँग, तेस्रो खेलमा जेठ ४ गते फेरि स्कटल्यान्डसँग र चौथो खेलमा जेठ ८ मा अमेरिकासँग फेरि खेल्नेछ ।

यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्ससँग लिग–२ शृङ्खला खेलेको थियो । यो शृंखलामा नेपालले चारमध्ये तीन खेल जितेको थियो । आठ देश सहभागी लिग–२ मा नेपाल १८ अंकसहित तालिकाको सातौँ स्थानमा छ । अमेरिका ३६ अंकसहित शीर्ष र स्कटल्यान्ड ३४ अंकसहित दोस्रो स्थानमा छ ।