इनरुवा । इनरुवामा जारी प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधिका लागि आज नेपाल प्रहरी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) आमनेसामने हुने भएका छन्।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल प्रहरीले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। यस्तै, दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बलले कोशी प्रदेशलाई हराउँदै उपाधि भिडन्त तय गरेको आयोजकले जनाएको छ।

ADVERTISEMENT

फाइनल खेल इनरुवा–२ स्थित शिक्षा कार्यालयको खेल मैदानमा हुने भएको छ। उपाधिका लागि हुने प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।त्यस्तै, तेस्रो स्थान हासिल गर्ने दुई टोलीलाई जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

महिला कबड्डी खेलको प्रवर्द्धन र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले कोशी प्रदेशमा महिला खेलकुद गतिविधिलाई थप उत्साह प्रदान गरेको आयोजकको भनाइ छ।

ADVERTISEMENT