काठमाडौं । पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टी प्रवेश गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा उनी आफ्नो समूहसहित श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।

प्रलोपा अध्यक्ष परिषदका सदस्यबाट राजीनामा दिएका सुदनलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले स्वागत गरे । दुवैबीच बिहीबार मिलेर जाने सहमति भएको थियो । लगत्तै आज किराती श्रसंपामा प्रवेश गरेका हुन् ।

ADVERTISEMENT

लामो समय माओवादी राजनीति गरेका किरातीले जनार्दन शर्मासँग मिलेर चुनावअघि प्रगतिशील पार्टी गठन गरेका थिए । हर्कले सुदनलाई पार्टीको वरिष्ठ नेता र भविष्यमा कोशीको मुख्यमन्त्री बनाउने सहमति गरेर पार्टी प्रवेश गराएका छन् ।

ADVERTISEMENT