काठमाडौं। प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ।नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई टुंगो लगाउने मुख्य एजेन्डासहित परिषद्को बैठक आज बसेको हो। बैठकमा प्रधानन्यायाधीश पदका लागि योग्य उम्मेदवारबारे छलफल भइरहेको जनाइएको छ।

प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ।