काठमाडौं । पूर्व विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गर्दा लागेको खर्च अब नपाउने भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले विदेशमा गरिएको उपचार खर्च नदिन आदेश दिएको हो।

सोमबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमान रहेको संवैधानिक इजलासले उक्त आदेश दिएको हो।

ADVERTISEMENT

२०७९ सालमा अधिवक्ता राधिका चम्लागाई र भद्रप्रसाद नेपाल (स्वागत) ले उपचार खर्च कटौतीको माग गर्दै रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विदेशमा हुने उपचार खर्च कटौती गर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

यद्यपि, पूर्व विशिष्ट पदाधिकारीहरूले स्वदेशभित्र गरेको उपचार खर्च भने पाउने व्यवस्था भने यथावत् रहनेछ। हालसम्म विशिष्ट पदाधिकारीहरूको उपचार खर्च सरकारले बेहोर्दै आएको छ।

ADVERTISEMENT