काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । सोमबार पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा पार्टी संंसदीय दलका नेता चेयनबारे सर्वसम्मत निर्णय गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसभित्र पार्टी संसदीय दलको नेतामा भिष्मराज आङदेम्बे, अर्जुननरसिंह केसीलगायतका सांसदहरुले दाबी गरेपछि त्यसलाई सहमतिमा टुंगो लगाउन पार्टीका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्य दल गठन गरिएको थियो ।

ADVERTISEMENT

कार्यदलले सो बैठकमा सुझाव पेस गर्ने र पार्टी सभापति गगनकुमार थापाले सो सम्बन्धमा आवश्यक निर्णय लिने नेताहरुले बताएका छन् । यसैबीच, आङ्देम्बेको नाम दलको नेतामा प्रस्ताव भएको छ । अब संसदीय दलको बैठकले सो नाम अनुमोदन गरेमा आङ्देम्बे कांग्रेस दलको नेता चयन हुनेछन् ।

ADVERTISEMENT