काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले कांग्रेसको प्रतिज्ञापत्र पारित गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले आज सार्वजनिक गर्न लागेको प्रतिज्ञापत्र सर्वसम्मत पारित गरेको हो।

कांग्रेसले बुधबार जनकपुरमा हुने सभामार्फत पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्दै छ । प्रतिज्ञा सभामा कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसका लागि सभापति थापा जनकपुरधाम पुगिसकेका छन् ।

ADVERTISEMENT

जनकपुरधाममा आयोजना हुने प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रूपमा कांग्रेसले लिएको छ ।

ADVERTISEMENT

मधेशको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको कांग्रेसका नेताहरूले बताउने गरेका छन् ।

मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाका रूपमा आत्मसात् गरेको कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ ।

ADVERTISEMENT