काठमाडौं ।आइसिसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा नेपालले युएईका तीन विकेट लिएको छ। सुरुवातमा करण केसीले उत्कृष्ट बलिङ गर्दै खेलको दोस्रो ओभरमै युएईका दुई जना ब्याटरलाई आउट गराएका थिए।

करणले खेलको दोस्रो ओभरको दोस्रो बलमा अडीब उसमानीलाई आउट गराए। सोही ओभरको अन्तिम बलमा उनले मोहम्मद शाहदादलाई पनि पेभिलियन फर्काए। नौ ओभरको खेलमा नेपालले अर्को विकेट लिएको छ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले युएईका आर्यन्श शर्मालाई आउट गरेका हुन्।  यसअघि टस जितेर पहिले बलिङ रोजेको युएईविरुद्ध ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २०० रन बनाएको थियो। युएईले नेपाललाई जित्नका लागि अब २०१ रनको लक्ष्य पछ्याउनुपर्नेछ।