काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र विपक्षी दलका नेताहरूबीच भेटवार्ता जारी छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख अर्याल र विपक्षी कांग्रेस, एमाले र नेकपाका नेताहरूबीच छलफल भइरहेको हो ।

प्रतिनिधिसभाका १२ विषयगत संसदीय समितिको सभापति मनोनयनअघि सभामुख अर्यालसँग विपक्षी दलहरूले छलफल गरेका हुन् ।

ADVERTISEMENT

छलफलमा कांग्रेसबाट अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे, एमालेबाट गुरु बराल र पद्मा अर्याल, नेकपाबाट वर्षमान पुन र महेन्द्रबहादुर शाही, श्रम संस्कृति पार्टीबाट महासचिव आरन राईलगायत सहभागी छन् । संसदीय समितिका सभापतिहरूको शुक्रबार निर्वाचन हुँदैछ ।

रास्वपासँग एकल बहुमत रहेकाले सार्वजनिक लेखा समितिबाहेक ११ वटै सभापति उसले आफैंले राखेको छ । सार्वजनिक लेखा समिति भने कांग्रेसलाई दिने रास्वपाको निर्णय छ ।

ADVERTISEMENT