काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेन र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच छलफल भएको हो ।

उनीहरूबीच संघीय संसदको चालू अधिवेशनसहित समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

स्रोतका अनुसार सभामुख अर्यालले सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई रुलिङ गरेर भए पनि संसद् बैठकमा बोलाउन माग गरेको विषयमा जानकारी गराएका थिए । संसदमा प्रधानमन्त्रीको खोजी भइरहेको छ । कसमेसकम सदनमा उपस्थित भएर जवाफ दिनुुस् भनेर सभामुखले आग्रह गर्नुभयो’, स्रोतले भन्यो ।

ADVERTISEMENT

तर, प्रधानमन्त्री शाहले ठोस जवाफ नदिएको बुझिएको छ । प्रधानमन्त्रीले उपयुक्त समयमा आफू संसद् बैठकमा उपस्थित हुने भनेका थिए । ३

ADVERTISEMENT

५ मिनेट कुराकानी गरेपछि सभामुख अर्याल फर्किएर प्रतिनिधिसभा बैठक सुरु गरेका थिए ।