हेटौंडा । कोइलाको अभावका कारण हेटौँडा सिमेन्ट उद्योगले बिहीबार बिहानदेखि उत्पादन बन्द गरेको छ ।

करिब एक महिनाअघि मात्रै नियमित सञ्चालनमा आएको उद्योग पुनः कच्चा पदार्थको संकटमा परेको हो।

उद्योगले तीन हजार मेट्रिकटन कोइला खरिदका बोलपत्र आव्हान गरिसकेको छ । करिब दुई हप्ताभित्र कोइला आइपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए । कोइलाको परीक्षण नतिजाअनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने उनको भनामइ छ ।