सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा स्थानीय २० वर्षीय विशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठ रहेको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए ।

सप्तकोशी नदीमा लागुऔषध गाँजा ओसार–पसार भइरहेको भनी गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले २२५ केजी गाजासहित दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थेबेले जानकारी दिए ।

प्रहरी उपरीक्षक थेबेले अनुसार बाँसको झाङलाई भङगालो छेउमा चेकजाँच गर्ने क्रममा झाङमुनिको भागमा लुकाइछिपाई राखिएको अवस्थामा ९ वटा प्लाष्टिकको बोरामा २२५ किलो गाँजा र को ३० प ९४७५ नम्बरको मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ADVERTISEMENT