काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो सामाजिक सञ्जाल हर्क साम्पाङ अ रेभुलेसन नामक पेजबाट प्रधानमन्त्रीलाई भारत भ्रमण र सीमा विवादबारे कडा सन्देशसहितको पोस्ट गरेका छन्।
उक्त पोस्टमा प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणलाई लिएर टिप्पणी गर्दै सीमा सुरक्षा, महाकाली क्षेत्रमा हुने भनिएको अतिक्रमण रोकथाम तथा लिम्पियाधुरा–लिपुलेख क्षेत्रको विषयमा नेपालले स्पष्ट अडान लिनुपर्ने उल्लेख गरिएको छ।
पोस्टमा नेपालले आफ्नो स्वीकृति र अधिकार सुनिश्चित गर्दै कूटनीतिक पहललाई प्रभावकारी बनाउनुपर्ने मागसमेत गरिएको छ। साथै, राष्ट्रिय हितसँग सम्बन्धित संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्ने सन्देश दिइएको देखिन्छ।







