काठमाडौं । एमाले संसदीय दलको बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ । पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा दलको बैठक बसेको हो ।

बैठकमा अर्का उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी छन् । उनी भने रुपन्देही २ मा रास्वपा सांसद सुलभ खरेलसँग भारी मतान्तरले पारजित भएका थिए ।

आजको संसदीय दलको बैठकले दलको नेता, प्रखुख सचेतक चयन गर्ने नेताहरुको भनाइ छ । एमालेमा दलको नेताका लागि बादल, ऐन महर, पद्मा अर्याल, सुहाङ नेम्वाङलगायत चर्चामा छन् । पार्टी अध्यक्ष केपी ओली बादललाई दलको नेता बनाउनुपर्ने पक्षमा छन् । तर पार्टीका अन्य पदाधिकारी भने युवालाई अघि सार्नुपर्ने पक्षमा छन् ।

ADVERTISEMENT

हालै सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्षमा नाै र समानुपातिकमा  १६ गरी २५ सिट जितेकाे थियाे । एमालेमा अहिले प्रत्यक्षबाट निर्वाचितलाई दलकाे नेता बनाउनुपर्ने समानुपातिक निर्वाचन प्रणालीबाट आएकालाई दिन नहुने आवाज उठेकाे छ ।

ADVERTISEMENT