काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएको छ । बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाइएको हो ।

बैठक फागुन २१ मा भएको प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो हो । प्रतिनिधिसभाको बैठक बस्नुअघि सर्वदलीय बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् ।

ADVERTISEMENT

संसद्मा प्रतिनिधित्व गरेका सबै दललाई बुधबार अपराह्न १ बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

ADVERTISEMENT

फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, एमालेले २५, नेकपाले १७, श्रम संस्कृति पार्टीले सात, राप्रपाले पाँच र स्वतन्त्रले एक सिट सिट जित हात पारेका छन् । सर्वदलीय बैठकमा संसद् सञ्चालनका विषयमा छलफल हुने भएको छ । ६ दलमध्ये धेरैले संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्न सकेका छैनन् ।