काठमाडौं। युद्धका बीच कतारको हवाई क्षेत्र आधिकारिक रूपमा बन्द रहे पनि कतार एयरवेजले फसेकाहरूलाई उद्धार गर्न र देश बाहिर रहेका कतारी बासिन्दालाई कतार फिर्ता ल्याउन विशेष उडान तालिका सार्वजनिक गरेको छ। अलजजिराका अनुसार, कतार एयरवेजले मार्च १३ देखि १७ सम्म १४३ भन्दा बढी उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको हो।
काठमाडौंबाट प्रस्थान गर्ने वा काठमाडौं आइपुग्ने कुनै उडान यस तालिकामा समावेश गरिएको छैन। हवाई सेवाहरू अधिकाँश अन्तर्राष्ट्रिय शहरहरूलाई केन्द्रित रहेको बताइएको छ।
तालिकाअनुसार मार्च १३ देखि १७ सम्म कतार एयरवेजका उडानहरू यसप्रकार छन्:
| मिति | दोहाबाट प्रस्थान गर्ने शहरहरू | दोहामा आइपुग्ने शहरहरू |
|---|---|---|
| मार्च १३ | पर्थ, सियोल, ढाका, जेद्दाह, क्वालालम्पुर, बैंकक, कोची, मियामी, अल्जियर्स, इस्तानबुल, कायरो, एम्स्टर्डम, लन्डन, मिलान, पेरिस, मस्कट | एम्स्टर्डम, लन्डन, मिलान, पेरिस, मुम्बई, दिल्ली, इस्लामावाद, कोलम्बो, न्युयोर्क, साओ पाउलो, बेइजिङ, मनिला, जकार्ता, कायरो |
| मार्च १४ | रियाद, मनिला, जोहानेसबर्ग, मस्कट, ड्यालस, टोरन्टो, कोलम्बो, इस्तानबुल, कायरो, मुम्बई, इस्लामावाद, लन्डन, रोम, म्याड्रिड, फ्र्याङ्कफर्ट, ट्युनिस, मस्को, दिल्ली, बाली डेनपसार | पर्थ, सियोल, ढाका, जेद्दाह, क्वालालम्पुर, बैंकक, कोची, अल्जियर्स, मियामी, इस्तानबुल, कायरो, जोहानेसबर्ग, लन्डन, म्याड्रिड, फ्र्याङ्कफर्ट, मस्को, ड्यालस |
| मार्च १५ | इस्तानबुल, ढाका, क्वालालम्पुर, बैंकक, अल्जियर्स, मेलबर्न, न्युयोर्क, जेद्दाह, कायरो, म्याड्रिड, हङकङ, लन्डन, कासाब्लान्का, पेरिस, इस्लामावाद | मस्कट, ट्युनिस, मनिला, ड्यालस, टोरन्टो, कोलम्बो, कायरो, इस्लामावाद, मुम्बई, रोम, म्याड्रिड, लन्डन, कासाब्लान्का, पेरिस, दिल्ली, बाली डेनपसार, पर्थ |
| मार्च १६ | पर्थ, मस्कट, सियोल, बैंकक, बेइजिङ, ढाका, कोची, जकार्ता, मुम्बई, कायरो, मियामी, एम्स्टर्डम, लन्डन, कोलम्बो, फ्र्याङ्कफर्ट, दिल्ली | इस्तानबुल, ढाका, क्वालालम्पुर, बैंकक, दिल्ली, अल्जियर्स, जेद्दाह, न्युयोर्क, हङकङ, फ्र्याङ्कफर्ट, एम्स्टर्डम, लन्डन, इस्लामावाद, कायरो |
| मार्च १७ | — | पर्थ, मस्कट, सियोल, बैंकक, बेइजिङ, ढाका, कोची, जकार्ता, मुम्बई, कायरो, मियामी, कोलम्बो, लन्डन, एम्स्टर्डम, फ्र्याङ्कफर्ट |
कतार एयरवेजले विशेष उडान सञ्चालन गर्ने उद्देश्य युद्धका बीच फसेकाहरूलाई सुरक्षित घर फर्काउने र कतार फिर्ता ल्याउने रहेको जनाएको छ। कम्पनीले आफ्नो सामाजिक दायित्वअनुसार फसेकाहरूको उद्धारमा सहकार्य गर्दै अन्तर्राष्ट्रिय यात्रुहरूको सुरक्षित यात्रा सुनिश्चित गर्ने योजना बनाएको बताएको छ।
विशेष उडानको तालिका सार्वजनिक भएपछि यात्रु, पर्यटन कम्पनी र फसेकाहरूलाई उद्धारका लागि तयारी गर्न पर्याप्त समय मिल्ने अपेक्षा गरिएको छ। कतार एयरवेजले आगामी दिनमा थप उडानहरू पनि आवश्यक अनुसार समायोजन गर्ने सम्भावना रहेको जानकारी दिएको छ।






