काठमाडौं । २१ फागुनको निर्वाचनअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफू प्रधानमन्त्री बन्ने दाबी बारम्बार दोहोर्याउँदै आएका थिए। आफ्नो पार्टीले देशभरबाट व्यापक समर्थन पाउने दाबी गर्दै उनले देशको नेतृत्व गर्ने बताएका थिए।
त्यस्तै, काठमाडौंका पूर्वमेयर बालेन्द्र शाहलाई समेत झापा–५ मा आफ्नो पार्टीका उम्मेदवार समिर तामाङले हराउने दाबी उनले गरेका थिए।
तर, मतपरिणाम आउँदा प्रधानमन्त्री बन्ने अंक नपुगे पनि राई भने संसद्मा प्रतिनिधित्व गर्न सफल भएका छन्। आइतबार दिउँसो सार्वजनिक मतपरिणामअनुसार हर्कराज राई ३५ हजार ७४१ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी गोमा तामाङ सरिनले २७ हजार २४९ मत प्राप्त गरिन् भने नेपाली कम्युनिस्ट पार्टीका मनोज भट्टराईले ६ हजार १८५ मत ल्याएका छन्।
यसअघि नै श्रम संस्कृति पार्टीकै तर्फबाट खोटाङ–१ का उम्मेदवार आरेन राई पनि १६ हजार ६१२ मत सहित विजयी भइसकेका छन्।
प्रधानमन्त्री बन्ने दाबी गर्ने राई ३५ हजार ७४१ मतसहित संसद् प्रवेश







