विराटनगर । मोरङ–२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कृष्ण कार्की अग्रस्थानमा छन्।

सुरुवाती मतगणनामा कार्कीले ५१ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार दिलीप बगडियाले १७ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार मिनेन्द्र रिजालले ६ मत प्राप्त गरेका छन्।

ADVERTISEMENT

मतगणना जारी रहेकाले परिणाममा परिवर्तन आउन सक्ने जनाइएको छ।

ADVERTISEMENT