काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मतदान गरेपछि झापा प्रस्थान गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी स्रोतका अनुसार शाह केहीबेरअघि हेलिकोप्टरमार्फत झापातर्फ लागेका हुन्।

शाहले यसअघि काठमाडौंको सिनामंगलस्थित मतदान केन्द्रमा पुगेर बिहानै आफ्नो मताधिकार प्रयोग गरेका थिए। मतदान सम्पन्न गरेपछि उनी आफ्नो निर्वाचन क्षेत्रतर्फ प्रस्थान गरेका हुन्।

शाह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट झापा–५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। निर्वाचनको मतदान भइरहेका बेला उनी आफ्नो निर्वाचन क्षेत्र पुगेर चुनावी गतिविधि तथा अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको बताइएको छ।