काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजना गरेको चुनावी सभा सुरु भएको छ। चुनावी सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह बालेन सुदूरपश्चिममा छन्।
धनगढीमा आयोजित चुनावी सभामा रास्वपाका सुदूरपश्चिमका उम्मेदवारले सम्बोधन गरिरहेका छन्। उम्मेदवारहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ। त्यसपछि रास्वपा वरिष्ठ नेता शाह र सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ। चुनावी सभाअघि दुवैजनाले संयुक्त तस्बिर सार्वजनिक गरेका छन्।
धनगढीको चुनावी सभालाई सम्बोधन गरेर रवि र बालेन कर्णालीको सुर्खेत जाने भएका छन् । रास्वपाले सुर्खेतमा पार्टीको बाचापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।





