ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्ति सुरक्षाको व्यवस्थाबारे जानकारी लिन ताप्लेजुङ पुगेकी छन् ।

उनले शुक्रबार बिहान पाथीभरा माताको पूजाअर्चना गरेकी छन् ।  पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’, सामाजिक सञ्जालमा लेखेकी छन् ।

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ । उनी बिहीबार सोलुखुम्बु र भोजपुर भ्रमणमा गएकी थिइन् । केही दिनअघि रास्वपा नेता बालेन्द्र साह बालेन पाथीभरा मन्दिर पुगेर पूजाआजा गरेका थिए ।

ADVERTISEMENT