काठमाडौँ। आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा अवैध हातहतियारको दुरुपयोग हुन सक्ने जोखिम मूल्याङ्कन गर्दै बागलुङ प्रहरीले ११५ थान भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, ईजाजतपत्रविनै लुकाइ राखिएका यी बन्दुकहरू स्थानीय नागरिकको सूचना र सहयोगमा जिल्लाका विभिन्न जंगल, रुखको टोड्का, खोल्सा, मानिस नबस्ने घर–गोठजस्ता स्थानबाट बरामद गरिएको हो।

ADVERTISEMENT

यस कार्यमा जिल्ला प्रहरी कार्यालय बागलुङसँग मातहत इप्रका बुर्तिवाङ, इप्रका गलकोट, र इप्रका वरेङडाँडा बाट खटिएका विशेष अपरेसन टोलीले संकलनको जिम्मेवारी सम्हालेको प्रहरीले जानकारी दिएको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार, बरामद गरिएका अवैध हथियारहरूलाई नियन्त्रणमा राखेर निर्वाचन र सार्वजनिक शान्ति सुरक्षामा जोखिम न्यून गर्ने प्रयास गरिएको हो।