काठमाडौं । बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा प्रभावित रहेको आन्तरिकतर्फको उडान सुचारु भएको छ ।
काठमाडौँ, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसके पनि अहिले भरतपुर, टुम्लिङटार, नेपालगञ्ज बाहेक अन्य ठाउँमा उडान सुचारु भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
उनका अनुसार अहिले दिउँसोबाट मौसममा सुधार आएसँगै उडान अवतरण सुरु भएको हो । बुधबारको सामान्य वर्षाले बिहीबार बिहानैदेखि बाक्लो हुस्सु लागेको थियो । जसकारण भिजिविलिटीमा समस्या देखिएपछि आन्तरिक उडान प्रायः ठप्प बनेका थिए ।






