काठमाडौं । नेपाललाई दुई रनले हराउँदै नेदरल्यान्ड्सले आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा लगातार तेस्रो जित निकालेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४१ रनको लक्ष्य दिएको थियो ।
प्रत्युत्तरमा नेपालले २० ओभरमा १३८ रन मात्र बनाउन सक्यो । जितपछि बी मा नेदरल्यान्ड्सले तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थान कायम राखेपको छ । नेपाल भने लगातार दोस्रो खेलमा पराजित भयो ।
नेपालको लागि पूर्व कप्तान रुबिना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३७ रन जोडिन् । उनले पाँच चौका प्रहार गरिन् । ीिता राना मगरले अविजिता २७ रन बनाइन् । बिन्दु रावलले १८ तथा सम्झना खड्काले १४ रन बनाए ।
यसअघि नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डी लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० तथा रोबिन रिज्केले अविजित १९ रनको योगदान गरिन् ।









