काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले १४१ रनकाे लक्ष्य पाएकाे छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर ब्याटिङ रोजेकाे नेदरल्यान्ड्सले पाँच विकेट गुमाउँदै १४० रन बनाएकाे हाे । यसअघिको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो ।
जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको नेदरल्यान्ड्स तेस्रो जितको खोजीमा छ । नेपाललाई पराजित गरेमा ऊ सुपर सिक्समा पुग्नेछ । महिला टी–२० वरीयतामा नेदरल्यान्ड्स १४औँ र नेपाल २१औँ स्थानमा छ ।








