काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ। बैठकमार्फत उम्मेदवारीलाई अन्तिम रूप दिने तयारी पार्टीले गरेको छ।

रास्वपाका प्रवक्ता मनिष झाले बैठकमा वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह सहभागी हुने जानकारी दिए। उनका अनुसार शाहले आजै महानगर प्रमुख पदबाट राजीनामा दिने कार्यक्रमसमेत तय भएको छ।

चमतिस्थित रास्वपाको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा पार्टी सभापति रवि लामिछानेसहित वरिष्ठ नेताहरूको सहभागिता रहनेछ। बैठकमा निर्वाचन रणनीति र उम्मेदवार चयनका विषयमा विस्तृत छलफल हुने बताइएको छ।

ADVERTISEMENT

यसैबीच, सभापति लामिछाने, नेता शाहलगायत शीर्ष नेताहरू आज साँझ जनकपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रवक्ता झाले बताए। रास्वपाले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक गतिविधि तीव्र बनाएको छ।

ADVERTISEMENT